Kathmandu Press

सङ्क्रमण फैलने क्रम बढेसँगै ‍भारतको महाराष्ट्र राज्यमा कर्फ्यु र लकडाउन

काठमाडौं, चैत्र २३ : कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएसँगै भारतको महाराष्ट्र राज्यमा सोमवारदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिँदै छ।रातिको समयमा कर्फ्यु लगाइने छ...
सङ्क्रमण फैलने क्रम बढेसँगै ‍भारतको महाराष्ट्र राज्यमा कर्फ्यु र लकडाउन

काठमाडौं, चैत्र २३ : कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएसँगै भारतको महाराष्ट्र राज्यमा सोमवारदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिँदै छ।

रातिको समयमा कर्फ्यु लगाइने छ भने सप्ताहान्तका बेला राज्यमा पूर्ण रूपमा लकडाउन लागु हुनेछ। भारतमा आइतवार एकैदिन एक लाख सङ्क्रमित थपिएका थिए जुन गत सेप्टेम्बर महिनायताको सर्वाधिक सङ्ख्या हो। उक्त सङ्ख्याको आधा भन्दा बढी महाराष्ट्र राज्यको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सङ्क्रमण फैलिनुको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ जान भनेका छन्।

कोभिड १९ का कारण भारतमा हालसम्म करिब १,६५,००० जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या १ करोड २५ लाख भन्दा बढी छ। सोमबारबाट महाराष्ट्रमा स्थानीय समय अनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यु लागु हुनेछ।

सप्ताहान्तमा शुक्रवार राती आठ बजेदेखि पूर्ण रूपमा लकडाउन लागु हुने छ जुन सोमवार बिहान सात बजेसम्म कायम रहने छ। त्यो अवधिमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहने छ। तर सार्वजनिक सवारी साधनहरू भने चल्ने छन्। पसल, बार अनि रेष्टुराँले ग्राहकले किनेर लैजान दिन सक्ने वा घर-घरमा खाना पुर्‍याउने कार्य भने जारी राख्न पाउनेछन्।

सरकारी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै बोलाउन भनिएको छ।

प्रकाशित मिति: ०८:२३ बजे, सोमबार, चैत २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्