ला लिगा फुटबलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड पराजित
काठमाडौं, चैत्र २३ : स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिडले हार व्यहोरेको छ ।आइतबार राति घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले पाहुना...
काठमाडौं, चैत्र २३ : स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिडले हार व्यहोरेको छ ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले पाहुना टोली एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो । सेभिल्लाको जितमा डिफेन्डर मार्कोस एकुनाले ७० औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
पराजित भएसँगै शीर्ष स्थानको एथ्लेटिको मड्रिडको दोस्रो र तेस्रो स्थानमा रहेका रियल मड्रिड र बार्सिलोनासँगको अंक दूरी कम भएको छ । एथ्लेटिकोको २९ खेलबाट ६६ छ । दोस्रो स्थानको रियल मड्रिडको ६३ अंक छ भने एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ ।
प्रकाशित मिति: ०७:४८ बजे, सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











