भारतमा दैनिक संक्रमण वृद्धिमा रेकर्ड, एकैदिन १ लाख ३ हजार संक्रमित
काठमाडौं, चैत्र २३ : भारतमा एकैदिनमा थप १ लाख ३ हजार ७९३जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।भारतमा एकै दिन संक्रमण पुष्टि भएको...
काठमाडौं, चैत्र २३ : भारतमा एकैदिनमा थप १ लाख ३ हजार ७९३जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो बर्षकैसंख्या अहिलेसम्मकै धेरै हो । यसअघि (शनिबार) चैत्र २२ मा भारतमा यो वर्षको दोस्रो धेरै ९२ हजार ९९८ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २५ लाख ८७ हजार ९२० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १६ लाख ७९ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् ।
अब भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ४२ हजार ८३० छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १३२ पुगेको छ ।
प्रकाशित मिति: ०६:५६ बजे, सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












