Kathmandu Press

प्रतिनिधिसभाको बैठक आज बस्दै 

काठमाडौं, चैत्र २३ : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्‍ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।  कार्यसूचिमा तीन वटा प्रतिवेदन...
प्रतिनिधिसभाको बैठक आज बस्दै 

काठमाडौं, चैत्र २३ : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्‍ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।  कार्यसूचिमा तीन वटा प्रतिवेदन पेश गर्ने मात्रै उल्लेख छ।

जसमा संसदीय समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक कार्यसूची पेश गर्ने जनाइएको छ।त्यस्तै, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेश गर्नेछन्।  

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेश गर्नेछिन्। 

प्रकाशित मिति: ०६:३८ बजे, सोमबार, चैत २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्