Kathmandu Press

तेस्राे मेयर कप ब्याडमिन्टन अर्को साता

काठमाडौं, चैत २२ : तेस्रो मेयर कप ब्याडमिन्टन कप अर्को सातादेखि हुने भएको छ।झुम्का ब्याडमिन्टन क्लबले प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता...
तेस्राे मेयर कप ब्याडमिन्टन अर्को साता

काठमाडौं, चैत २२ : तेस्रो मेयर कप ब्याडमिन्टन प्रतियाेगिता अर्को सातादेखि हुने भएको छ।

झुम्का ब्याडमिन्टन क्लबले प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता चैत २७ र २८ गते आयोजना गर्न लागेको हो। एक महिना अघि भोजपुरमा प्रदेश १ स्तरीय दोस्रो मेयर कप सम्पन्न भएको थियो।

सुनसरीको रामधुनी नरगापालिकास्थित झुम्कामा आयोजना हुने प्रतियोगितामा पुरुष युगल खुल्ला, यु–१७ गल्र्स एकल, खुल्ला गल्र्स एकल, भेट्रान्स ४५ माथि र आन्तरिक खेलाडीको गरि पाँच विधामा करिव दुई सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा पुरुष युगल तर्फका शीर्ष तीन बिजेताले नगद ३० हजार, २० हजार र १० हजारसहित मेडल र ट्रफी प्राप्त गर्नेछन्।

यस्तै यु १७ र खुल्ला गल्स एकल तर्फका शीर्ष तीनले १० हजार, ७ हजार र ३ हजार, भेट्रान्स तर्फका शीर्ष तीनले १५ हजार, १० हजार र ७ हजार तथा आन्तरिकका शीर्ष तीनले १५ हजार, १० हजार र ५ हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक पुष्प दाहालले बताए।

प्रतियोगिताका लागि चैत २४ गते अपराह्न ४ बजेसम्म खेलाडीले नाम दर्ता गराउनसक्नेछन्। प्रतियोगितामा १२ लाख खर्च हुने जनाएको छ।

प्रकाशित मिति: २०:०९ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्