Kathmandu Press

एमालेमा गएका दुई सांसदलाई माओवादीले गर्‍याे कारबाही

काठमाडौं, चैत २२ : नेकपा (एमाले)मा प्रवेश गरेका दुई सांसदलाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेको छ। दुवै सांसदको पद गुम्ने भएको छ।माओवादीले लुम्बिनी...
एमालेमा गएका दुई सांसदलाई माओवादीले गर्‍याे कारबाही

काठमाडौं, चैत २२ : नेकपा (एमाले)मा प्रवेश गरेका दुई सांसदलाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेको छ। दुवै सांसदको पद गुम्ने भएको छ।

माओवादीले लुम्बिनी प्रदेश सभाका सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई कारबाही गरेको हो। न्यौपाने रुपन्देहीका र पन्थी गुल्मीका सांसद हुन्।

उनीहरु प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको पक्षमा उभिएका थिए। दुवै जनालाई ओलील्े एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको थियो।

एमाले केन्द्रीय सदस्य बनेपछि माओवादी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले २४ घन्टे स्पष्टीकरण सोधेका थिए। उनीहरुले स्पष्टीकरणको जवाफ नबुझाएपछि कारबाही गरिएको माओवादी प्रदेश सभा सदस्य दामा शर्माले बताइन्।

प्रदेश संसदीय दलले कारबाही गरेको जानकारी केन्द्रीय कमिटीलाई पठाएको थियो। केन्द्रीय कमिटीले पनि कारबाहीलाई अनुमोदन गरेको हो।

संसदीय दल र केन्द्रीय कमिटीले कारबाही गरेको पत्र लुम्बिनी प्रदेश सभा सचिवालयमा दर्ता गरिएको सांसद शर्माले बताइन्। अब कानूनअनुसार दुवै सांसद निलम्बन हुनेछन्।

लुम्बिनी प्रदेश सभाका प्रवक्ता श्याम श्रेष्ठले पनि कारबाहीको पत्र आएको पुष्टि गरे। उनले दुवै पत्र दर्ता गरेर कानूनी प्रक्रिया अघि बढाएको बताए।

लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन्। जसमध्ये सभामुखसहित माओवादी केन्द्रका २० सांसद छन्। दुई जना कारबाहीमा परेपछि अब माओवादीसँग १७ सांसद रहनेछन्।

प्रकाशित मिति: १९:१५ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्