Kathmandu Press

एपिएफको लगातार दोस्रो जित, मेसर्य-११ ले लुम्बिनीलाई हरायो

काठमाडौं, चैत २२ : कीर्तिपुरस्थित टियू मैदानमा शनिबारबाट प्रारम्भ भएको पहिलो संस्करणको ललितपुर मेयर्स कप वुमन्स च्याम्पियनसिपमा विभागीय टिम एपिएफले लागतार दोस्रो जित निकाल्दा...
एपिएफको लगातार दोस्रो जित, मेसर्य-११ ले लुम्बिनीलाई हरायो

काठमाडौं, चैत २२ : ललितपुर मेयर्स कप वुमन्स च्याम्पियनसिपमा विभागीय टिम एपिएफले लगातार दोस्रो जित निकाल्दा ललितपुर मेयर्स ११ ले पहिलो जित निकालेको छ।

आइतबार टियू मैदानमा भएको पहिलो खेलमा एपिएफले लगातार दोस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई ३७ ले हरायो भने पहिलो जित निकालेको मेयर्स ११ ले लुम्बिनी प्रदेशलाई २७ रन हरायो।

पहिला ब्याटिङ गर्दै एपिएफले दिएको १२८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १९ ओभरमा ९० रनमै अलआउट भयो। सुदूरपश्चिमका लागि सुनिता लुहारले सर्वाधिक २३ रन बनाइन् भन् डोली भट्टले १६ र रेवती धामीले १२ रन बनाइन्।  

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपिएफका बिनु बुढाले ३ विकेट लिइन् भने सीता रानामगर र सुमन विष्टले २/२ लिइन्।

टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले २० ओभरमा २ विकेटको क्षतिमा १२७ रन बनायो। एपीएफका ज्योति पाण्डेले अर्धशतकीय योगदान दिइन्। उनले ५० बल खेल्दै ७ चौका प्रहार गरिन्।

यस्तै सरिता मगरले ३५ र कप्तान सरिता रानामगर १६ रन बनाइन्। सुदूरपश्चिमकी कविता जोशी र सुनिता लुहारले १/१ विकेट लिए।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा एपिएफले प्रदेश १ लाई ८ विकेटले हराएको थियो। सुदूरपश्चिमको भने यो पहिलो हार हो। सुदूरपश्चिमले पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई ७ विकेटले हराएको थियो।

यसैगरी ललितपुर मेयर्स-११ ले पहिलो जित निकालेको छ। आइतबार भएको दोस्रो लुम्बिनी प्रदेशलाई २७ रनले हराउँदै मेयर्स ११ ले पहिलो जित निकालेको हो।

पहिला ब्याटिङ गर्दै मेयर्स-११ ले दिएको १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो।

लुम्बिनीका लागि सरस्वती मगरले सर्वाधिक ४६ रन बनाइन् भने कप्तान नेरी थापा र नितु भण्डारीले २०/२० रन बनाए।

अन्यले गतिलो योगदान नदिँदा लुम्बिनी पराजित भयो। मेयर्स-११ का सरस्वती कुमारी र आरती बिडारीले १/१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेयर्स-११ ले २० ओभरमा ५ विकेट गुमाएर १४४ रन बनाएको थियो। सुमन खतिवडाले नटआउट ७७ रन बनाइन्।

३६ रन बनाउँदा ५ विकेट गुमाएको मेयर्स-११ को इनिङ्स उकास्ने क्रममा छैठौं नम्बरमा ब्याटिङ गर्दै समुनले ५२ बलमा ९ चौका र २ छक्का प्रहार गरिन्।

यस्तै, यस्तै अश्मिना कर्माचार्यले अविजित २० रन बनाइन्। लुम्बिनीका लागि सुस्मिता भुसाल, स्वतिका बजगाई, कृतिका मरासिनी र सरस्वती पुनले १/१ विकेट लिए।

यसअघि पहिलो खेलमा मेयर्स-११ सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएको थियो। लुम्बिनीको भने यो पहिलो खेल हो।

ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप शनिबारदेखि शुरु भएकाे हाे। याे ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिपकाे पहिलाे संस्करण हाे।

प्रकाशित मिति: १८:४७ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्