चीनबाट ल्याइएको कोरोना खोप चैत २५ बाट लाउन थालिने
काठमाडौं, चैत २२ : चीनबाट आएको कोरोनाविरुद्धको भेरोसेल खोप चैत २५ गतेबाट लगाउन थालिने भएको छ।सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको उक्त खोपको...
काठमाडौं, चैत २२ : चीनबाट आएको कोरोनाविरुद्धको भेरोसेल खोप चैत २५ गतेबाट लगाउन थालिने भएको छ।
सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको उक्त खोपको ८ लाख डोज चैत १६ गते आइपुगेको थियो । खोप कम्पनी सिनोफार्म बेइजिङ इन्स्टिच्युटले उत्पादन गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले खोप काठमाडौं उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमा मात्रै लगाउने योजना रहेको जानकारी दिए। मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने निर्णय गरिसकेको छ।
भ्रमण, अध्ययन, व्यापारका सिलसिलामा चीन जानेलाई पनि खोपको प्राथमिकतामा राखिने डा. गौतमले बताए।
प्रकाशित मिति: १७:५६ बजे, आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











