कोरोनाका कारण विदेशमा चार नेपालीको मृत्यु
लन्डन, चैत २२ : कोरोना संक्रमणबाट विदेशमा पछिल्लो साता थप चार नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार...
लन्डन, चैत २२ : कोरोना संक्रमणबाट विदेशमा पछिल्लो साता थप चार नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार तनिजनाको कतार र एकजनाको रुसमा मृत्यु भएको हो।
एनआरएनएले दिएको जानकारीअनुसार कोरोनाका कारण शनिबार साँझसम्म २३ देशमा रहेका ३ सय ४९ जना नेपालीको निधन भइसकेको छ । पछिल्लो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ।
हालसम्म ५४ देशमा ६५ हजार २ सय ८७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि हुँदा ६२ हजार ६ सय ६३ जना भने निको भइसेकेका छन्। यसले विदेशमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको स्पष्ट हुन्छ।
प्रकाशित मिति: १७:३८ बजे, आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











