Kathmandu Press

ओलीले गुटबन्दी गरेर पार्टी कब्जा गरे : खनाल

काठमाडौं, चैत २२ : एमाले वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी ओलीको नेतृत्वमा छैटौं महाधिवेशनदेखि मौलाएको गुटबन्दीले नवौं महाधिवेशनमा आइपुग्दा पार्टी नै कब्जा...
ओलीले गुटबन्दी गरेर पार्टी कब्जा गरे : खनाल

काठमाडौं, चैत २२ : एमाले वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी ओलीको नेतृत्वमा छैटौं महाधिवेशनदेखि मौलाएको गुटबन्दीले नवौं महाधिवेशनमा आइपुग्दा पार्टी नै कब्जा गरेका दाबी गरेका छन् ।

आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा आयाेजित काठमाडौं जिल्ला कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वमा पुगेपछि ओली जहिले पनि कसरी सत्तामा पुग्ने र कसरी पद हासिल गर्ने भन्नेतिर मात्र एकोहोरो भएर लागेको आराेप लगाए। 

उनले ओली र उनको समूहलाई दक्षिणपन्थी अवसरवादबाट निर्देशित भएको  उल्लेख गर्दै आफ्नो समूह भने समाजवादको लक्ष्यसम्म पुग्न दृढ संकल्पित रहेको दाबी गरे। 

प्रकाशित मिति: १६:४७ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्