Kathmandu Press

नेपाल समूहले साथ छाड्ने भएपछि धर्मरायो कर्णाली सरकार

काठमाडौं, चैत २२ : कर्णाली प्रदेश सरकार धर्मराउँदो स्थितिमा पुगेको छ। एमालेका मन्त्रीहरुले राजीनामा दिने भएपछि कर्णली सरकार त्यस्तो स्थितिमा पुगेको।आइतबार सम्पन्न एमाले...
नेपाल समूहले साथ छाड्ने भएपछि धर्मरायो कर्णाली सरकार

काठमाडौं, चैत २२ : कर्णाली प्रदेश सरकार धर्मराउँदो स्थितिमा पुगेको छ। एमालेका मन्त्रीहरुले राजीनामा दिने भएपछि कर्णाली सरकार त्यस्तो स्थितिमा पुगेको।

आइतबार सम्पन्न एमाले संसदीय दलको बैठकमा नेपाल पक्षका मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिबद्धता जनाएसँगै त्यस्तो परिस्थिति बन्न पुगेको हो।

चैत ४ गतेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो, जसमा पार्टी अध्यक्ष केपी ओली समूहका सांसद मात्र सहभागी थिए ।

सो बैठकमा सहभागिता नजनाएको नेपाल समूहले सरकारलाई दिएको समर्थन कायमै राख्ने बताएको थियो । मन्त्रीहरू पनि सरकारमै थिए।

एमाले संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आग्रह पनि गरेको बताइएको छ।

कर्णालीमा ३९ सांसद छन्। सरकार गठनका लागि २० जनाको बहुमत आवश्यक पर्छ। एमालेका २० सांसद भए पनि सांसद राजबहादुर शाही सभामुख छन्।

प्रदेशसभामा नेपाली कांग्रेसका ६, राप्रपाका १, माओवादी केन्द्रका १२ जना सांसद छन्। एमालेमा प्रवेश गरेका सांसद धर्मराज रेग्मीलाई हटाइदिएपछि माओवादी केन्द्र संसदीय दल १२ सांसदमा सीमित भएको हो।

त्यहाँ कर्णालीमा एमाले एक्लैले सरकार बनाउन सम्भव छैन। एमालेबाहेक अरु सबै मिल्दा पनि स्पष्ट बहुमत पुग्दैन। १२ सिटमा मात्र सीमित भएकाले माओवादी केन्द्रले कांग्रेस र राप्रपाको साथ पाउने ग्यारेन्टी पनि छैन।

अब मुख्यमन्त्री शााहीले सरकारबाट पछि हट्नैपर्ने अवस्था आएको छ।

प्रकाशित मिति: १६:२४ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्