Kathmandu Press

त्रिकोणात्मक सिरिजका लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो 

काठमाडौं, चैत २२ : नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टि–२० सिरिजको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ...
त्रिकोणात्मक सिरिजका लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो 

काठमाडौं, चैत २२ : नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टि–२० सिरिजको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । बैशाख ४ देखि ११ गतेसम्म आयोजना टि–२० सिरिजका लागि क्यानले २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।

कीर्तिपुरस्थित टियू मैदानमा हुने सिरिजका लागि क्यानले बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुने जनाएको छ। 

लामो सायमदेखि नेपाली राष्ट्रिय टिम खेलबिहीन रहेकाले क्यानले आईसिसीसँग छलफलपछि सिरिज आयोजना गरेको हो। सिगल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि खेल्ने छन्।

क्ययान बन्द प्रशिक्षणका लागि ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेलाई बोलाएको छ । यस्तै,   अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, शाहब आलम, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ र ललितनारायण राजवंशी बन्द प्रशिक्षणका लागि टिममा परेका छन्।

प्रकाशित मिति: १६:०८ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्