Kathmandu Press

वसन्त मानन्धरको नेतृत्वमा बन्याे एमाले काठमाडौं जिल्ला समानान्तर कमिटी

काठमाडौं, चैत २२ : एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल-झलनाथ खनाल समूहले वसन्त मानन्धरको नेतृत्वमा काठमाडौं जिल्ला समानान्तर कमिटी घोषणा गरेको छ।आइतबार बुद्धनगरस्थित एक...
वसन्त मानन्धरको नेतृत्वमा बन्याे एमाले काठमाडौं जिल्ला समानान्तर कमिटी

काठमाडौं, चैत २२ : एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल-झलनाथ खनाल समूहले वसन्त मानन्धरको नेतृत्वमा काठमाडौं जिल्ला समानान्तर कमिटी घोषणा गरेको छ।

आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा आयोजित अगुवा कार्यकता भेलाले बागमती प्रदेश सभाका सांसदसमेत रहेका मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेको हो।

समितिको उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र उपसचिवमा एलपी श्रेष्ठ चुनिएका छन्।

भेलामा नेताद्वय नेपाल र खनाल पनि उपस्थित थिए। एमालेको काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई भने केपी ओली समूहमा आबद्ध नेता हुन्।

सर्वोच्च अदालतले एकतालाई भंग गर्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएयता अहिलेसम्म एमालेभित्र तीव्र विवाद हुँदै आएको छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले एकतर्फी निर्णय गर्दै आफूहरूमाथि निषेधको राजनीति गरेको भन्दै नेपाल–खनाल समूहले राष्ट्रिय भेला, विभिन्न जनवर्गीय संगठनसँगै जिल्लाजिल्लामा समानान्तर गतिविधि गर्दै आएको छ।  

पार्टीको हितविपरति गुटगत गतिविधि गरेको भन्दै ओलीले पनि नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यताबाट निलम्बन गरेपछि झनै बिच्किएको सो समूहले शुक्रबार र शनिबार स्थायी समितिको बैठक राखेर दुई महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान घोषणा गरेको छ।

प्रकाशित मिति: १५:४२ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्