Kathmandu Press

हामी नै आधिकारिक एमाले हौं : नेपाल

काठमाडौं, चैत २२ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित सबै कमिटीमा आफूहरुको बहुमत रहेको दाबी गरेका छन्।आइतबार एमाले...
हामी नै आधिकारिक एमाले हौं : नेपाल

काठमाडौं, चैत २२ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित सबै कमिटीमा आफूहरुको बहुमत रहेको दाबी गरेका छन्।

आइतबार एमाले नेपाल-खनाल समूहद्वारा बुद्धनगरमा आयोजित काठमाडौ जिल्लाको समानान्तर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो समूह नै आधिकारिक एमाले भएको बताए।

‘कब्जा गर्नु तथा विचार र इतिहासबाट निर्देशित हुनु बेग्लै कुरा हो,’ उनले भने, ‘विचारले, सिद्धान्त र इतिहासले हामीलाई नै आधिकारिक भन्छ।’

गुटगत गतिविधि गरिरहेको भन्दै पार्टी अध्यक्ष केपी ओलीको कारबाहीमा परेका नेता नेपालले  उल्टै ओलीले चाहिँ गुट भेला गरिरहेको आरोप लगाए।

उनले नवौं महाधिवेशनका आधारमा बनेका २२ स्थायी कमिटी सदस्यमा आफूहरुतर्फ १२ र ओलीतर्फ १०, पोलिटब्युरो कमिटीका ४४ मध्ये आफूहरुतर्फ २४ र ओलीतर्फ २०, केन्द्रीय कमिटीमा ओलीतर्फ ९२ र आफूहरुतर्फ ९७ जना रहेको नेता नेपालको भनाइ थियो।

संख्यात्मक र संगठनात्मक कुनै हिसाबले आफूहरू कमजोर नरहेको उनले स्पष्ट पारे। ओलीले कारबाही गर्दैमा हुने, फाल्दैमा फालिने व्यक्ति आफू नभएको उनको भनाइ थियो। 

प्रकाशित मिति: १५:२५ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्