Kathmandu Press

कर्णाली एमाले संसदीय दलको बैठकमा नेपाल–खनाल समूह पनि सहभागी

सुर्खेत, चैत २२ : कर्णाली प्रदेशसभा एमाले संसदीय दलको आज (आइतबार) बसेको बैठकमा माधव नेपाल–झलनाथ खनाल समूहमा आबद्ध सबै सांसद सहभागी भएका छन्।नेपाल–खनाल...
कर्णाली एमाले संसदीय दलको बैठकमा नेपाल–खनाल समूह पनि सहभागी

सुर्खेत, चैत २२ : कर्णाली प्रदेशसभा एमाले संसदीय दलको आज (आइतबार) बसेको बैठकमा माधव नेपाल–झलनाथ खनाल समूहमा आबद्ध सबै सांसद सहभागी भएका छन्।

नेपाल–खनाल पक्षीय सांसदहरू दल रावल सामाजिक विकासमन्त्री, नन्दसिंह बुढा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री र प्रकाश ज्वाला अर्थमन्त्री छन्। उनीहरूले पनि बैठकमा सहभागिता जनाएका छन्।

चैत ४ गते बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको समर्थन फिर्ता लिएको घोषणा गर्दा नेपाल–नेपाल पक्षीय सांसदहरूले भने असहमति जनाएका थिए। उनीहरू बैठकमा पनि सहभागी भएका थिएनन्।

आजको बैठकमा नेपाल–खनाल समूहलाई सहभागी गराउन सांसद यामलाल कँडेलले निकै प्रयास गरेको जनाइएको छ। बैठकमा संसद् आह्वान, सरकारलाई दिइएको समर्थन फिर्ता, मन्त्रीहरूको राजीनामालगायत विषयमा छलफल भइरहेको बताइएको छ।

कर्णालीमा एमालेका १९ सांसद (सभामुखबाहेक) ले नै मुख्यमन्त्रीलाई दिइएको समर्थन फिर्ता लिएको खण्डमा सरकार संकटमा पर्नेछ। त्यसपछि नयाँ सरकार बनाउनुपर्ने अवस्था आउनेछ।

कार्णलीमा ३९ सांसद छन्। सरकार गठनका लागि २० जनाको बहुमत आवश्यक पर्छ। एमालेका २० सा‌ंसद भए पनि एक जना सभामुख छन् । प्रदेश सभामा नेपाली कांग्रेसका ६, राप्रपाका १, माओवादी केन्द्रका १२ जना सांसद छन्।

एमालेमा प्रवेश गरेका सांसद धर्मराज रेग्मीलाई हटाइदिएपछि माओवादी केन्द्र संसदीय दल १२ सांसदमा सीमित भएको छ। त्यहाँ कर्णालीमा एमाले एक्लैले सरकार बनाउन सम्भव छैन। एमालेबाहेक अरु सबै मिल्दा पनि स्पष्ट बहुमत पुग्दैन। 

प्रकाशित मिति: १५:०३ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्