Kathmandu Press

कांग्रेस नेता पौडेल र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौं, चैत २२ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच आज (आइतबार) भेटवार्ता भएको...
कांग्रेस नेता पौडेल र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौं, चैत २२ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच आज (आइतबार) भेटवार्ता भएको छ।

भेटका लागि नेता पौडेल हात्तीवनस्थित ठाकुर निवासमा पुगेका थिए। बिहान ९ बजेतिर भएको भेटघाटमा करिब आधा घन्टा कुराकानी भएको बताइएको छ। त्यसक्रममा पछिल्लो राजनीतिक घटनाक्रम र नयाँ सत्ता समीकरणबारे छलफल भएको बताइएको छ।

नयाँ सरकार बनाउने सन्दर्भमा गठबन्धन बनाएर अघि बढ्ने विषयमा छलफल भए पनि औपचारिक सहमति भने नभएको स्रोतको भनाइ छ। कांग्रेसले शुक्रबार केन्द्रीय समितिको बैठकमार्फत प्रधानमन्त्री केपी ओलीको राजीनामा मागिेसकको छ। सो दलले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको छ।

नेता पौडेलले उपसभापति विमलेन्द्र निधिलाई भावी प्रधानमन्त्रीका मान्न पार्टी तयार भए जसपा नेताहरूसँग छलफल चलाउने बताएका थिए। उनले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याउने पनि बताइसकेका छन्। 

प्रकाशित मिति: १४:३५ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्