Kathmandu Press

कुवेतका अब्दुल्लाह नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक

काठमाडौं, चैत २२ : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक कुवेतका अब्दुल्लाह अलमुताइरी बनेका छन्। यसअघि मुख्य प्रशिक्षक बालगोपाल महर्जन थिए।अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय...
कुवेतका अब्दुल्लाह नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक

काठमाडौं, चैत २२ : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक कुवेतका अब्दुल्लाह अलमुताइरी बनेका छन्। यसअघि मुख्य प्रशिक्षक बालगोपाल महर्जन थिए।

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप छनोटका लागि प्रो-लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने नियम ल्याएपछि अब्दुल्लाहलाई सो जिम्मेवारी दिइएको एन्फा स्रोतले जनाएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल कमिटीले अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेको स्रोतको भनाइ छ। तर निर्णय एन्फाको कार्यसमितिबाट भने भइनसकेको तर अनुमोदान गर्ने हिसाबले जिम्मेवारी दिइएको बताइएको छ।

नेपालले विश्वकप छनोटअन्तर्गत तीन खेल खेल्न बाँकी छ। ती सबै खेल आगामी जुनमा कुवेतमा हुनेछन्। अब्दुल्लाहलाई नेपाल ल्याउन एन्फा र कतार फुटबल एसोसिएसनबीच सम्झौता भएको बताइएको छ। 

किर्गिस्तानको यु-१७ टिमका प्रशिक्षकसमेत रहिेसकका अब्दुल्लाहसँग साउदी अरेबिया र कुवेतका विभिन्न क्लबमा प्रशिक्षक भई काम गरिसकेका छन्। यसअघि उनले कतारको अल सहनी फुटबल क्लबको यु-२३ टिमलाई प्रशिक्षण दिएका थिए।

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्