डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न सरकारलाई लेखाकाे निर्देशन
काठमाडौं, चैत २२ : संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ।समितिको आइतबार...
काठमाडौं, चैत २२ : संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको आइतबार बसेको बैठकले उक्त निर्देशन दिएको हो। डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी विद्युत प्राधिकरण र उद्योग व्यवसायीहरूबीचको विवाद छानबिन गर्न लेखा समिति सदस्य तथा कांग्रेस नेता मीनेन्द्र रिजालको नेतृत्वमा उपसमिति बनाइएको थियो।
सोही उपसमितिले बुझाएको प्रतिवेदनलाई पास गरेर लेखा समितिले सरकारलाई उक्त निर्देशन दिएको हो। उपसमितिले कुल १० अर्ब १४ करोड ८ लाख बक्यौता रहेको प्रतिवेदन समितिलाई बुझाएको थियो।
प्रकाशित मिति: १३:४४ बजे, आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











