Kathmandu Press

इन्डोनेसियामा बाढीपहिरो : २० जनाको मृत्यु, पाँच बेपत्ता

जकार्ता, चैत २२ : बाढीपहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । बाटीमा परेर पाँच जना बेपत्ता रहेका र नौ जना घाइते भएको...
इन्डोनेसियामा बाढीपहिरो : २० जनाको मृत्यु, पाँच बेपत्ता

जकार्ता, चैत २२ : बाढीपहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । 

बाटीमा परेर पाँच जना बेपत्ता रहेका र नौ जना घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

Hardik ivf

देशको इस्ट नुसा तेन्गारा प्रान्तमा आइतबार बिहानै बाढीपहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान १ बजेतिर यो प्राकृतिक प्रकोपको घटना भएको कार्यालयका प्रवक्ता राडित्य जातीले जानकारी दिए।

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनाहरुमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।   

घटनामा परी घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको प्रवक्ता जातीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

यसैबीच, इन्डोनेसियाको पश्चिम जाभाको समुद्री क्षेत्रमा शनिबार साँझ एउटा माछा मार्ने डुङ्गा ठूलो पानीजहाजमा ठोक्किएर भएको दुर्घटनामा १७ जना हराइरहेका छन् ।

बान्डुङ उद्धार एजेन्सीका प्रवक्ता सेनी उलानडारीले १५ जनालाई उद्धार गरिएको र हराइरहेका अरु १७ जनाको खोजी कार्य जारी रहेको बताए। 
 

प्रकाशित मिति: १३:३८ बजे, आइतबार, चैत २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्