Kathmandu Press

दुई अर्ब ठगी गरेको आरोपमा गुडविल सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं, चैत २२ : दुई अर्ब रुपैयाँ बराबरको ठगी गरेर फरार रहेका ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ...
दुई अर्ब ठगी गरेको आरोपमा गुडविल सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं, चैत २२ : दुई अर्ब रुपैयाँ बराबरको ठगी गरेर फरार रहेका ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन्।

गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि फरार भएका उनलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले चितवनमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।  पक्राउ गरेर श्रेष्ठलाई काठमाडौं ल्याएको प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार उनी १५/१६ दिनदेखि फरार थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ । 

प्रकाशित मिति: १३:२३ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्