Kathmandu Press

कांग्रेस सभापति देउवा भोलि झापा जाँदै

काठमाडौं, चैत २२ : भावी प्रधानमन्त्रीका रूपमा पनि हेरिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि (सोमबार) वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला...
कांग्रेस सभापति देउवा भोलि झापा जाँदै

काठमाडौं, चैत २२ : भावी प्रधानमन्त्रीका रूपमा पनि हेरिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि (सोमबार) वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा जाँदैछन्।

उनको सचिवालयले दिएको जानकारी अनुसार कांग्रेस नेता स्व. सिके प्रसाईंकी धर्मपत्नी गिरीराजकुमारी प्रसाईं (ज्ञानु मुवा) को श्रद्धाञ्जलीसभा र कांग्रेस नेता एम आचार्यको सालिक अनावरण कार्यक्रम रहेकाले देउवा झापा जान लागेका हुन्।

उल्लिखित कार्यक्रममा नेताहरू कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, प्रवक्ता विश्वप्रकाश शर्मालगायत पनि सहभागी हुनेछन्। सिटौला आजै (आइतबार नै) झापा प्रस्थान गरिसकेका छन्।

सभापति देउवा झापामा दुई दिन बस्ने बताइएको छ। उक्त बसाइका क्रममा उनले कांग्रेस प्रदेश १ का नेताहरूसँग भेटघाट तथा छलफल गर्नेछन्।

राजनीतिसँगै सामाजिक रूपान्तरणमा सक्रिय रहँदै आएकी गिरीराजकुमारीको चैत ११ गते ९० वर्षको उमेरमा निधन भएको थियो । 

प्रकाशित मिति: १३:०० बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्