Kathmandu Press

४३ लाख नगद र नौ वटा तिलहरीसहित एक जना पक्राउ 

काठमाडौं, चैत २२ : शनिबार राति चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ४३ लाख रुपैयाँ नगदसहित एक व्यक्ति पक्राउ परेका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौंकाे टाेलीले दाङ...
४३ लाख नगद र नौ वटा तिलहरीसहित एक जना पक्राउ 

काठमाडौं, चैत २२ : शनिबार राति चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ४३ लाख रुपैयाँ नगदसहित एक व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंकाे टाेलीले दाङ तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश नं ३–०१–००–६ ख ०९१२ नं को यात्रु बाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त बसको यात्रु हिँड्ने प्यासेज (गल्ली) बाटोमा कार्टुनमा टेपले बाँधेको अवस्थामा ४३ लाख रुपैयाँ नगद र नौ थान छड्के तिलहरीसहितको पोते बरामद गरेकाे हाे । 

सोधपुछ गर्दा उक्त रकम तथा सामान तुलसीपुर उप–महानगरपालिका– ५ का ३७ वर्षीय सन्दिप कौशलको रहेको भन्ने खुलेकाले उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले रकमको स्रोत खुलाउन नसकेकाले अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको बस्नेतले जानकारी दिए।
 

प्रकाशित मिति: १२:२६ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्