भारतबाट फर्केका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण
धनगढी, चैत २२ : सुदूरपश्चिममा तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको छ । एक साताअघि उनीहरूसहित २० जनाको स्वाब संकलन गरी जाँच गरिएकोमा तीन...
धनगढी, चैत २२ : सुदूरपश्चिममा तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको छ ।
एक साताअघि उनीहरूसहित २० जनाको स्वाब संकलन गरी जाँच गरिएकोमा तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका उनीहरूको स्वाब काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।
संक्रमितहरू कञ्चनपुर, डडेल्धुरा र डोटीका हुन्। अहिले संक्रमित तीनै जना होम आइसोलेसनमा रहेको बताइएको छ ।
प्रकाशित मिति: ११:३२ बजे, आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











