ला लिगामा रियल मड्रिडले उछिन्यो बार्सिलोनालाई
काठमाडौं, चैत्र २२ : साविकको विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। घरेलु टिम रियलले इबारलाई २–० गोलले हराएको हो।शनिबार...
काठमाडौं, चैत्र २२ : साविकको विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। घरेलु टिम रियलले इबारलाई २–० गोलले हराएको हो।
शनिबार राति भएको खेलमा रियललाई जिताउन मार्को एसेन्सियो र करिम बेन्जिमाले गोल गरे। खेलको ४१ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १–० गोलको अग्रता दिलाए।
खेलको ७३ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि रियलले इबारलाई २–० गोलले पराजित गरेको हो। ला लिगामै भएका अन्य खेलमा हुएस्काले लेभान्टेलाई २–० गोलले हराउँदा ग्रानाडालाई भिल्लारियलले ३–० गोलले हराएको छ।
जारी लिगमा एट्लेटिको मड्रिड ६६ अंकका साथ शीर्ष स्थानमा रहँदा रियलको ६३ अंक छ। तेस्रो स्थानको बार्सिलोनाको ६२ अंक छ।
प्रकाशित मिति: ०८:४५ बजे, आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











