आजको मौसम : केहि स्थानमा बर्षाको सम्भावना
काठमाडौं, चैत्र २२ : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही ठाउँमा मौसम बदली रहने र केही ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको छ।आइतबार...
काठमाडौं, चैत्र २२ : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही ठाउँमा मौसम बदली रहने र केही ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
आइतबार बिहान देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ। बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। मौसमविदका अनुसार आज दिउँसो प्रदेश १, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १ का पहाडी भू–भागका एक दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। भोलिदेखि भने पानी पार्ने प्रणालीको विकास हुन सक्ने सम्भवना रहेको मौसमविद मानन्धरले बताइन्।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २६ देखि २८ डिग्री सेल्यिस सम्म पुग्न सक्ने अनुमान गरिएको छ।











