Kathmandu Press

रियल सोसिडाडले ३४ वर्षपछि जित्यो कोपा उपाधि

रियल सोसिडाडले ३४ वर्षपछि जित्यो कोपा उपाधि

काठमाडौं, चैत्र २२ : ३४ वर्षपछि रियल सोसिडाडले कोपा डेल रे को उपाधि हात पारेको छ ।

शनिबार राती भएको फाइनलमा एथ्लेटिको बिल्बाओलाई १-० गोलले हराउँदै सोसिडाडले ३४ वर्षपछि स्पेनिस कोपा डेल रे फुटबलको उपाधि हात पारेको हो । सोसिडाडलाई उपाधि जिताउन माइकेल ओयार्जाबालले खेलको ६३ औँ मिनेटमा पेनाल्टी मार्फत निर्णायक गोल गरे ।

यो खेल गएको वर्षकै फाइनल हो । कोभिड १९ का कारण रोकिएको फाइनल खेल शनिबार राती खेलाइएको हो । यसअघि सोसिडाडले सन् १९८७ मा कोपा उपाधि जितेको थियो ।

यो सिजनको उपाधिका लागि अप्रिल १७ मा एथ्लेटिको बिल्बाओलो र बार्सिलोनाबीच प्रतिष्पर्धा हुनेछ । 

प्रकाशित मिति: ०८:०० बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्