Kathmandu Press

चार दिनदेखि बन्द रहेका शैक्षिक संस्था आजदेखि सञ्चालनमा 

काठमाडौं, चैत्र २२ : चार दिनदेखि बन्द रहेका देशभरका शैक्षिक संस्था आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन्।वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि...
चार दिनदेखि बन्द रहेका शैक्षिक संस्था आजदेखि सञ्चालनमा 

काठमाडौं, चैत्र २२ : चार दिनदेखि बन्द रहेका देशभरका शैक्षिक संस्था आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन्।

वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले प्रदूषण घटेर वातावरणमा सुधार आएपछि सबै शैक्षिक संस्थाका कक्षा पुरानै अवस्थामा सञ्चालन हुने जानकारी दिए।  

यसअघि सरकारले वायु प्रदूषण बढेको र यसको सबैभन्दा धेरै असर विद्यार्थीमा पर्ने भन्दै चैत १७ देखि २० गतेसम्म चार दिन सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो।

यसबाट विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म अध्ययन गर्ने विद्यार्थीका नियमित कक्षा रोकिएका थिए। चार दिन पठनपाठन बन्द भए पनि पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गरिएको थियो। 

प्रकाशित मिति: ०७:४१ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्