गोरखाको बारपाकमा जिप दुर्घटना, लमजुङका दुई शिक्षकको मृत्यु
काठमाडौं, चैत्र २२ : गोरखाको बारपाकमा जिप दुर्घटना हुँदा लमजुङका दुईजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा दुधपोखरी गाउँपालिका २ विचौरका स्थानीय वागेशश्वर माविका शिक्षक...
काठमाडौं, चैत्र २२ : गोरखाको बारपाकमा जिप दुर्घटना हुँदा लमजुङका दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दुधपोखरी गाउँपालिका २ विचौरका स्थानीय वागेशश्वर माविका शिक्षक रामेश्वर न्यौपाने र ठाकुर दवाडी रहेका छन्। उक्त दुर्घटनामा गोरखाका सातजना घाइते भएका छन्। घाइते हुनमा अनिल मरहट्टा, विष्णु दवाडी, सुशील नराल, विष्णु न्यौपान, चालक सन्तोष तामाङ र सहचालक अमृत दवाडी रहेका छन्।
लमजुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केको ना ५ च ३२९८ नम्बरको जिप शनिबार साँझ दुर्घटना दुर्घटना भएको हो। घाइतेहरुको गोर्खाको जिल्ला अस्पताल उपचार भइरहेको लमजुङ प्रहरीले जनाएको छ।
जिप राङरुङको भीरबाट करिब ६० मिटर तल दरौँदी खोलामा खसेको थियो। जिपमा नौजना यात्रु सवार रहेका थिए।
प्रकाशित मिति: ०७:२० बजे, आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











