Kathmandu Press

बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा

काठमाडौं, चैत्र २२ : कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ। स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागु...
बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा

काठमाडौं, चैत्र २२ : कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ। स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागु हुने गरी सरकारले लकडाउनको घोषणा गरेका हुन्।

बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन्। लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाँडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए।

अत्यावश्यकलगायत कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने बताइएको छ। बङ्लादेशमा अहिलेसम्म छ लाख ३० हजार २७७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

प्रकाशित मिति: ०६:४७ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्