Kathmandu Press

भारतबाट फर्केका नेपालीमा कोरोनाको नयाँ भेरियन्ट

कञ्चनपुर, चैत २१ : भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ।दुई साताअघि भारतको कर्नाटकबाट फर्केका...
भारतबाट फर्केका नेपालीमा कोरोनाको नयाँ भेरियन्ट

कञ्चनपुर, चैत २१ : भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ।

दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले बताए। 'शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आएको छ,' उनले भने, 'नतिजामा कृष्णपुरका एक जनामा नयाँ प्रकारको कोरोना सङ्क्रमण देखिएको छ।'

कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण भएका व्यक्ति घरमै आइसोलेशनमा बसेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य छ। भारतको कर्नाटकबाट फर्केका उनी पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भित्रिएका थिए।

यसैगरी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म कञ्चनपुरका एकसहित डोटीको जोरायल गाउँपालिकाका एक र डडेल्धुराको पर्शुराम नगरपालिकाका एक जना गरी तीन जनामा कोरोनाको नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको छ। नयाँ भेरियन्ट भएका सबै जना घरमै आइसोलेशनमा बसेका छन्।

 

प्रकाशित मिति: १९:४३ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्