Kathmandu Press

मुगुमा जिप दुर्घटना : एकको मृत्यु, पाँच घाइते

मुगु, चैत २१ : मुगुमा यात्रुवाहक जीप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। सोरु गाउँपालिका-८ तारापानीबाट सदरमुकाम...
मुगुमा जिप दुर्घटना : एकको मृत्यु, पाँच घाइते

मुगु, चैत २१ : मुगुमा यात्रुवाहक जीप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। 

सोरु गाउँपालिका-८ तारापानीबाट सदरमुकाम गमगढी आउँदै गरेको ग३च ११८८ नम्बरको यात्रुवाहक जिप शनिबार दिउँसो १ बजेतिर सोही वडाको कोट भन्ने ठाउँमा दुर्घटना हुँदा सोही गाउँपालिका-७ निवासी ३० वर्षीया गिरीकला बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार जिपमा चालकसहित ६ यात्रु सवार थिए। जिप सडकबाट ३ सय मिटर तल खसेको थियो। दुर्घटनामा परी घाइते हुनेमा सोर-७ तीनजनामा २१ वर्षीय जीप चालक गोविन्द विष्ट, २५ वर्षीय ललिजङ बुढा, २८ वर्षीय ज्ञानबहादुर बुढा, रत्न विक र अर्का एकजना छायानाथ रारा नगरपालिका-१ का ४८ वर्षीय कुलबहादुर मल्ल छन्।

घाइतेहरूको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १७:२१ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्