नेपाल–खनाल समूहद्वारा संगठन सुदृढीकरण राष्ट्रिय अभियान घोषणा
काठमाडौं, चैत २१ : नेकपा एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आज (शनिबार) संगठन सुदृढीकरण तथा प्रशिक्षण सञ्चालनको राष्ट्रव्यापी अभियान घोषणा...
काठमाडौं, चैत २१ : नेकपा एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आज (शनिबार) संगठन सुदृढीकरण तथा प्रशिक्षण सञ्चालनको दुई महिने राष्ट्रव्यापी अभियान घोषणा गरेकाे छ।
अभियानका लागि ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नारा तय गरिएकाे छ।
शुक्रबारको बैठकको निष्कर्षअनुरूप उक्त अभियानको घोषणा आज गर्ने बताइएको थियो। साेहिअनुरुप शनिबार अपराह्न साढे ३ बजेतिर कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको सांसदहरूसहितको स्थायी समिति बैठकले उक्त घोषणा गरेकाे हाे।
नेता पाण्डे उपत्यकाबाहिर रहेको हुँदा राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिने काम हुन नसक्दा अभियान घोषणा रोकिने बताइएकाे थियाे।
शुक्रबारको बैठकमा चैत ४ र ५ गतेको राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र त्यसमाथि आएका सुझावसहित छलफल भएको थियो। उक्त प्रतिवेदनलाई आज अन्तिम रुप दिई प्रकाशन नै गरेर कार्यकर्तामाझ वितरण गर्ने नेपाल–खनाल समूहको तयारी थियो।











