Kathmandu Press

अब नयाँ सरकार बन्ने निश्चित भएको छ : प्रचण्ड

काठमाडौं, चैत २१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब नयाँ सरकार बन्ने निश्चित भएको दाबी गरेका छन्। उनले नेपाली...
अब नयाँ सरकार बन्ने निश्चित भएको छ : प्रचण्ड

काठमाडौं, चैत २१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब नयाँ सरकार बन्ने निश्चित भएको दाबी गरेका छन्। उनले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा मागेपछि नयाँ सरकार बन्ने निश्चित भएको बताए।

‘नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको तत्काल राजीनामा माग्ने  र अर्को सरकार गठनका निम्ति पहल लिने भनेर हिजो (शुक्रबार) निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ,’ भने।

शनिबार कपिलवस्तुमा आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले हिजो र आजसम्मको घटनाक्रमबाट राजनीतिले कोल्टे फेरेको बताए।

उनले शनिबार अपराह्नदेखि नै नयाँ सरकार निर्माणका लागि घनीभूत रूपमा छलफल गरिने बताए। नेता-कार्यकर्ताले महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले बुटवल नजान आग्रह गरे पनि पूर्वनिर्धारित कार्यक्रम भएकाले आएको र तुरुन्तै काठमाडौं फर्किनुपर्ने अवस्था रहेको उनले बताए। 

प्रकाशित मिति: १६:४८ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्