Kathmandu Press

ओलीलाई प्रधानमन्त्रीबाट नहटाए लोकतन्त्र खतरामा पर्छ : पाैडेल

काठमाडौं, चैत २१ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीलाई नहटाए लोकतन्त्र खतरामा पर्ने बताएका छन्।नुवाकोट कांग्रेसले काठमाडौंमा शनिबार आयोजना...
ओलीलाई प्रधानमन्त्रीबाट नहटाए लोकतन्त्र खतरामा पर्छ : पाैडेल

काठमाडौं, चैत २१ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीलाई नहटाए लोकतन्त्र खतरामा पर्ने बताएका छन्।

नुवाकोट कांग्रेसले काठमाडौंमा शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताए। उनले कांग्रेस केन्द्रीय समितिले प्रधानमन्त्री फेर्ने निर्णय नै गरिसकेको बताए।

नेता पौडेलले सरकारमा नरहेका, प्रतिगमनविरुद्ध संघर्ष गरेका र संसद पुनःस्थापनाका लागि आवाज उठाएका तीन दल मिलेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने बताए।

‘पहिले हामी तीन दलबीच पहिले हामी वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव पेस गर्छौं,’ उनले भने। उनले जनता समाजवादी पार्टी (जसपा) ले अघि सारेका माग माग पूरा गर्न कांग्रेस प्रयासरत रहेको पनि उल्लेख गरे। 

उनले नयाँ सरकार कांग्रेसका नेतृत्वमा बन्ने दाबी गरे। यसबारे अन्य दलसँग छलफल गर्न कांग्रेस तयार रहेको पनि उनले स्पष्ट पारे। 

फरक सन्दर्भमा नेता पौडेलले कांग्रेस महाधिवेशन समयमै हुने पनि बताए। महाधिवेशन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने उनको भनाय थियो। ‘नेपाली कांग्रेसको महाधिवेशन भदौमा हुन्छ, गर्नैपर्छ, नगर्दाखेरि पार्टीको अस्तित्व नै समाप्त हुन्छ,’ उनले भने।

प्रकाशित मिति: १६:२९ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्