नेपाल–खनाल समूहको बैठक कलंकीमा बस्दै
काठमाडौं, चैत २१ : एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल-माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक कलंकीस्थित एक पार्टी प्यालेसमा बसिरहेको छ।बैठकमा नेपाल-खनाल समूहका स्थायी...
काठमाडौं, चैत २१ : एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल-माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक कलंकीस्थित एक पार्टी प्यालेसमा बसिरहेको छ।
बैठकमा नेपाल-खनाल समूहका स्थायी कमिटी सदस्य तथा सांसदहरुको समेत सहभागिता रहेको जनाइएको छ।
पछिल्लो समय एमालेभित्रैको विवादले चर्को रुप लिएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यताबाटै निलम्बन गरेपछि सो समूहले बैठक, भेलालगायत समानान्तर गतिविधि गर्दै आइरहेको छ।
यसै सन्दर्भमा हिजो (शुक्रबार) पनि नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बसेको थियो। हिजोको बैठकले आज (शनिबार) देशव्यापी संगठन विस्तार र पार्टी सुदृढीकरण अभियान घोषणा गर्ने निष्कर्ष निकालेको थियो।
आजको बैठकले संगठन अभियान घोषणासहित विभिन्न कार्यक्रम तय गर्ने आँकलन गरिएको छ।











