Kathmandu Press

राष्ट्रपति भण्डारीले भेटिन् एमाले वरिष्ठ नेता खनाल

काठमाडौं, चैत २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले शनिबार वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन्। राष्ट्रपति भण्डारी भेटका लागि डल्लुस्थित खनाल निवासमै पुगेकी थिइन्। स्रोतका अनुसार...
राष्ट्रपति भण्डारीले भेटिन् एमाले वरिष्ठ नेता खनाल

काठमाडौं, चैत २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार एमाले वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन्। राष्ट्रपति भण्डारी भेटका लागि डल्लुस्थित खनाल निवासमै पुगेकी थिइन्। स्रोतका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएकाे थियो। 

बदलिँदो राजनीतिक परिस्थितिसँगै पछिल्लो समय एमालेभित्रैकाे विवादले चर्काे रुप लिएकाे छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले निषेधको राजनीति गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गरिरहँदा नेता खनाल पनि सोही समूहमा आबद्ध छन्। 

पार्टी हितविरुद्ध काम गरेको भन्दै नेपालसहित चार नेतालाई पार्टी सदस्यताबाट निलम्बन गर्दा नेता खनालमाथि भने त्यस्तो कुनै कारबाहीकाे संकेतसम्म छैन। यस्तो अवस्थामा राष्ट्रपति भण्डारी र नेता खनालबीचको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति: १५:५० बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्