Kathmandu Press

अफगान हवाई आक्रमणमा ३५ लडाकु मारिए

काबुल, चैत २१ : अफगानिस्तानको सेनाले देशका दुईवटा उत्तरी प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तीमा ३५ जना तालिबानी लडाकू मारिएका छन्।शुक्रबार राति गरिएको यस...
अफगान हवाई आक्रमणमा ३५ लडाकु मारिए
अफगानी सेना

काबुल, चैत २१ : अफगानिस्तानको सेनाले देशका दुईवटा उत्तरी प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तीमा ३५ जना तालिबानी लडाकू मारिएका छन्।

शुक्रबार राति गरिएको यस आक्रमणमा ३३ जना लडाकू घाइते भएको पनि अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको छ। फरयाब प्रान्तमा २६ जना तालिबानी लडाकू मारिनुका साथै ३३ जना घाइते भएका छन्।

तालिबान समूहको गढ मानिएको गुर्जिवान जिल्लाको सर्चाकान गाउँमा सेनाले कारबाही गरेको रक्षा मन्त्रालयले जनाएको छ।

यस्तै छिमेकी बाघलान प्रान्तमा नौजना तालिबानी लडाकूको सैनिक कारबाहीमा मृत्यु भएको छ। मारिएकाहरुमा छ जना तालिबानका डिभिजनल कमान्डरहरु पनि रहेका छन्।

सेनाले विद्रोही लडाकूबाट हातहतियार र धेरैवटा सवारी साधन पनि बरामद गरी ध्वस्त पारेको छ । यद्यपि तालिबान समूहले उक्त घटनाहरुबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रकाशित मिति: १५:२८ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्