Kathmandu Press

मेयर्स कप महिला क्रिकेटको उद्घाटन खेलमा एपिएफ विजयी

काठमाडौं, चैत २१ : पहिलो संस्करणको ललितपुर मेयर्स कप वुमन्स च्याम्पियन्स क्रिकेट प्रतियोको उद्घाटन खेलमा विभागीय टिम एपिएफ विजयी भएको छ। शनिबारबाट कीर्तिपुरस्थित टियू...
मेयर्स कप महिला क्रिकेटको उद्घाटन खेलमा एपिएफ विजयी

काठमाडौं, चैत २१ : पहिलो संस्करणको ललितपुर मेयर्स कप वुमन्स च्याम्पियन्स क्रिकेट प्रतियोको उद्घाटन खेलमा विभागीय टिम एपिएफ विजयी भएको छ। शनिबारबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरु भएको प्रतियोगितामा विभागीय टिम एपिएफले प्रदेश १ माथि ८ विकेटको सहज जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै प्रदेश १ले दिएको १०७ रनको लक्ष्य एपिएफले १८ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । एपिएफलाई सहज जित दिलाउने क्रममा सीता रानामगरले अर्धशतक बनाइन्। उनले ५० बल खेल्दै ७ चौका प्रहार गरिन्।

यस्तै, ज्योति पाण्डेले ४० बलमा ३२ रन बनाइन् । सीता र ज्योतिले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै टिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। प्रदेश १का लागि रुविना क्षेत्री र संगीता राईले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १०६ रन बनएको थियो । उसका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ४५ रन बनाइन भने रोमा थापाले ३३ रन बनाइन् । यी रुविनाले ४८ बल खेल्दै ६ चौका प्रहार गरिन् भने रुमाले ४२ बलमा ५ चौका प्रहार गरिन्। दुईले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए । एपिएफका रेखा रावल, करुणा भण्डारी, सिता राना मगर र बिन्दु मगरले समान १ विकेट लिए ।

ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ ९क्यान०ले आयोजना गरेको प्रतियोगितामा ५ टिम सहभागी छन् । जसमा एपिएफ र प्रदेश १ सहित लुम्बिनी, सुदूरपश्चिम र मेयर्स ११ छन् । 

सिंगाल राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितमा लिगका शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछ । प्रतियोगिताका विजेताले ३ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउने छन्।

प्रकाशित मिति: १४:४३ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्