Kathmandu Press

अर्जेन्टिनाका राष्ट्रपतिलाई कोरोना संक्रमण 

ब्युनस, चैत २१ : दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण भएको छ ।कोभिड–१९ को खोप लगाइसकेका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले...
अर्जेन्टिनाका राष्ट्रपतिलाई कोरोना संक्रमण 

ब्युनस, चैत २१ : दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण भएको छ ।

कोभिड–१९ को खोप लगाइसकेका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ ।

Hardik ivf

राष्ट्रपति फर्नान्डेजले ट्वीट गर्दै आफूलाई ज्वरो र हल्का टाउको दुखेपछि एन्टिजेन परीक्षण गराएको र त्यसले कोभिड–१९ पोजेटिभ देखाएको बताएका छन्। 

शुक्रबार ६२ वर्ष पुगेका राष्ट्रपति फर्नान्डेजले आफू आइसोलेसनमा रहे पनि शारीरिक रुपमा तन्दुरुस्त रहेको जनाएका छन् । 

राष्ट्रपति फर्नान्डेजले रसियाली स्पुतनिक भी खोप लगाएका थिए। उनले दोस्रो डोज पनि गत फेब्रुअरी ११ मा लगाउनु भएको राष्ट्रपति कार्यालय स्रोतले एएफपीलाई बताएको छ ।

अर्जेन्टिनामा हाल कोभिड–१९ को दोस्रो लहर चलेको छ र कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढेको पाइएको छ । 

अर्जेन्टिनामा कोभिडबाट २३ लाख मानिस सङ्क्रमित भएका र ५५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । 
 

प्रकाशित मिति: १४:१९ बजे, शनिबार, चैत २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्