Kathmandu Press

जापानी प्रधानमन्त्री अप्रिल १६ मा अमेरिका जाँदै

जापानी प्रधानमन्त्री अप्रिल १६ मा अमेरिका जाँदै

 

काठमाडौं, चैत २१ : जापानी प्रधानमन्त्री योसिहिदे सुगाले अबकाे दुई सातापछि अमेरिका भ्रमण गर्ने भएका छन्।

अमेरिकासँगको सम्बन्ध थप मजबुत पार्ने उद्देश्यले उनी यसै अप्रिल महिनाको १६ तारिखका दिन अमेरिका भ्रमण गर्न लागेका हुन्। त्यस क्रममा सुगाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नेछन्।

जापानका मुख्य क्याबिनेट सचिव कट्सुनोबु काटोले अमेरिका जापानका लागि महत्वपूर्ण देश हो भन्ने प्रमाणका रूपमा प्रधानमन्त्री सुगाको भ्रमणलाई लिन सकिने बताए।

उनले जापान-अमेरिका गठबन्धनको तागत र हिन्द-प्रशान्त क्षेत्रमा अमेरिकी प्रतिबद्धता दर्शाउन पनि चाहेको उल्लेख गरेका छन्।

प्रकाशित मिति: १२:५३ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्