Kathmandu Press

समर्थन फिर्ता लिँदैनन्, राजिनामा माग्छन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले आफूलाई समर्थन फिर्ता नलिने अनि दैनिक राजिनामा माग्ने गरिएको बताएका छन्।
समर्थन फिर्ता लिँदैनन्, राजिनामा माग्छन्ः प्रधानमन्त्री ओली

काठमाडौं, चैत २१ : प्रधानमन्त्री केपी ओलीले आफूलाई समर्थन फिर्ता नलिने अनि दैनिक राजिनामा माग्ने गरिएको बताएका छन्।

‘प्रधानमन्त्रीको राजिनामा आज मागिएको हो र ? माग्या माग्यै छ त। माग्यैपिच्छे म कसरी दिन सक्छु। एक दिन एउटा राजिनामा हुन्छ। एउटा माग्दैन, दुइटाले माग्दैन, माग्या छ, माग्या छ। ए बाबा हटाउन त। समर्थन फिर्ता लिइदेऊ भन्छु त्यो पनि लिँदैनन्। अनि राजिनामा माग्छन्। राजिनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न। समर्थन फिर्ता पनि गर्दैनन् अनि राजिनामा मग्छन्,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले शनिबार एक सय ६५ वटा सडक शिलान्यासका लागि बालुवाटारस्थित आफ्नो सरकारी निवासमा आयोजित कार्यक्रममा कुनै दलले माग्दैमा राजिनामा नदिने संकेत गरे।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबार राति केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्रीको राजिनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल थाल्ने निर्णय गरेको थियो।
 

प्रकाशित मिति: १२:५३ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्