नेपाल पक्षको स्थायी कमिटै बैठक बस्दै
काठमाडौं, चैत २१ : नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्न लागेको छ।आज दिउँसो ३ बजे स्थायी कमिटी बैठक बस्न लागेको...
काठमाडौं, चैत २१ : नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्न लागेको छ।
आज दिउँसो ३ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो। आजको बैठकले देशव्यापी रुपमा संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणाको औपचारिक निर्णय गर्ने तयारी रहेको छ।
राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा विभिन्न प्रस्ताव आएको जनाएको छ। यस विषयमा आज निर्णय हुने नेपाल पक्षका एक नेताले बताए।
यसअघि नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो। त्यसयता नेपाल पक्षले समानान्तर कार्यक्रम गर्दै आएको छ।
गुटगत गतिविधि गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गरेका छन्।
प्रकाशित मिति: ०९:०० बजे, शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











