Kathmandu Press

प्रधानमन्त्रीले बालुवाटारबाट १६५ सडक शिलान्यास गर्दै

काठमाडौं, चैत २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गर्ने भएका छन्।प्रधानमन्त्री ओलीले आज बिहान ११...
प्रधानमन्त्रीले बालुवाटारबाट १६५ सडक शिलान्यास गर्दै

काठमाडौं, चैत २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गर्न लागेका हुन्। हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार प्रधानमन्त्री ओलीले स्वीच थिचेर सडकको शिलान्यास गर्नेछन्।

गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गरेका थिए।

सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो।

यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ। बहुवर्षीय ठेक्काअन्तर्गत बन्ने यस्ता अधिकांश सडकहरुको डीपीआर र वातावरणीय अध्ययन तयार भएको छैन।

तयारी पूरा नभए पनि प्रधानमन्त्री ओलीले बालुवाटारबाट सडकको शिलान्यास गर्न लागेका हुन्।

 

प्रकाशित मिति: ०८:११ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्