वर्तमान संकटकाे निकास नयाँ चुनाव हो : थापा

काठमाडौं, चैत २१ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले वर्तमान संकटको निकास नयाँ चुनाव भएको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै अध्यक्ष थापाले राजनीतिक संकटको निकास चुनाव भएको बताएका हुन्। उनले प्रजातन्त्रको रक्षाका लागि पनि चुनावमा जानुपर्ने जिकिर गरेका छन्।
राप्रपा अध्यक्ष थापाले भनेका छन्, 'वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव हो।'
त्यस्तै, कम्युनिस्ट पार्टीसँग मिलेर चुनावमा जाने कांग्रेसको चाहना आत्मघाती हुने पनि बताएका छन्। थापाले भनेका छन्, 'कम्युनिष्टको विकल्प बनेर चुनावमा जानुको सट्टा भ्रष्ट कम्युनिष्टको एक भंगालोसंग अपवित्र गठबन्धन बनाएर अस्थिरता, भ्रष्टाचार र कुशासनको श्रृङ्खलालाई निरन्तरता दिने कांग्रेसको पछिल्लो चाहनारनिर्णय आत्मघाती हुनेछ।'
प्रकाशित मिति: ०७:५० बजे, शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











