Kathmandu Press

गैंडा गणना टोलीमाथि जंगली हात्तीको आक्रमण, पाँच घाइते

चितवन, चैत २० : चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणना गरिरहेको प्राविधिक टोलीमाथि जंगली हात्तीले आक्रमण गरेको छ। आक्रमणमा परी पाँच जना घाइते भएका...
गैंडा गणना टोलीमाथि जंगली हात्तीको आक्रमण, पाँच घाइते

चितवन, चैत २० : चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणना गरिरहेको प्राविधिक टोलीमाथि जंगली हात्तीले आक्रमण गरेको छ। आक्रमणमा परी पाँच जना घाइते भएका छन्।

आक्रमणमा परि राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। उनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

शुक्रबार निकुञ्जको टोली पश्चिम सेक्टरको गैंडाखासा पुगेको थियो। त्यो क्षेत्रमा गैंडा गणनाका लागि तयारी गरिरहेका बेला जंगली हात्तीले लखेटेको बरालले बताए। उनका अनुसार भागभाग हुँदा पाँच जना घाइते भएका हुन्।

पाँच जना घाइतेमध्ये श्रेष्ठको नवलपुरमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको हो। उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। अन्य चार जना सामान्य घाइते रहेको उनले बताए।

जंगली हात्तीले आक्रमण गरेपछि गैंडा गणना रोकिएको छ। तत्कालका लागि स्थगित गरिएको उनले बताए।

प्रकाशित मिति: १९:३० बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्