Kathmandu Press

शनिबार संगठन विस्तार अभियान घोषणा गर्ने नेपाल–खनाल पक्षकाे तयारी

काठमाडौं, चैत २० : एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष भोलि (शनिबार) संगठन विस्तार तथा सुदृढीकरण अभियान घोषणा गर्ने भएको...
शनिबार संगठन विस्तार अभियान घोषणा गर्ने नेपाल–खनाल पक्षकाे तयारी

काठमाडौं, चैत २० : एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष भोलि (शनिबार) संगठन विस्तार तथा सुदृढीकरण अभियान घोषणा गर्ने भएको छ।

शुक्रबार कलंकीस्थित मेगा पार्टी प्यालेसमा भएको नेपाल-खनाल समूहको स्थायी कमिटीको बैठकले त्यस्तो निर्णय गरेको एमाले नेता योगेश भट्टराईले बताए। 

शुक्रबारको छलफलमा केही कार्यक्रम प्रस्ताव भएको र शनिबारको छलफलले राष्ट्रव्यापी संगठन निर्माण, प्रशिक्षण र अभियानको ढाँचालाई अन्तिम रुप दिने उनको भनाइ थियो।

नेता भट्टराईले चैत ४ र ५ गते काठमाडौंमा भएको राष्ट्रिय भेलाबाट पारित राजनीतिक प्रतिवेदनलाई कार्यकर्तामाझ लाने निर्णय पनि भएको बताए। 

बैठकले पार्टीका महासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको कारबाही पूर्वाग्राही भएको निष्कर्ष निकाल्दै सो कदमको चर्को विरोध गरेको उनले बताए

प्रकाशित मिति: १८:०१ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्