Kathmandu Press

जाजरकोटमा गाडी रुटको विषयमा झडप, एकको मृत्यु

सुर्खेत । जाजरकोटमा यातायात मजदुरबीच गाडी रुटको विषयमा झडप हुँदा एक युवकको मृत्यु भएको छ ।जिल्लाको बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच...
जाजरकोटमा गाडी रुटको विषयमा झडप, एकको मृत्यु

सुर्खेत । जाजरकोटमा यातायात मजदुरबीच गाडी रुटको विषयमा झडप हुँदा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच गाडी रुटको विषयमा झडप हुँदा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले जाजरकोट प्रहरीले जानकारी दिएको छ। उनको शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार दिउँसो फेला परेको हो । 

झडपका क्रममा नलगाड–४, कै सुजन कार्की र विकास रावल घाइते भएका छन् । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा  ६ जनालाई पक्राउ गरिएकाे छ । 

प्रकाशित मिति: १७:१७ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्