अहिलेको सरकार प्रतिगमनतिर लम्किएको छ : प्रचण्ड
काठमाडौं, चैत २० : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार प्रतिगमनतिर लम्किएको भन्दै त्यसलाई रोक्नु अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको बताएका...
काठमाडौं, चैत २० : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार प्रतिगमनतिर लम्किएको भन्दै त्यसलाई रोक्नु अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन्।
शुक्रबार स्व. प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धि सरकारले नै उल्ट्याउन खोज्दा मुलुक अराजकतातिर जान खोजेको बताए ।
नेपाली समाजलाई जबर्जस्त पछाडि धकेलेर राज्य स्वयं फाँसीवादीतर्फ उन्मुख भएको उनको आरोप थियो।
नेपाली जनताको लामो संघर्ष र बलिदानीको उपलबिधस्वरूप संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको र अहिले त्यसैलाई सिध्याउने षड्यन्त्र भइहेको उनले स्पष्ट पारे।
प्रचण्डले लोकतान्त्रिक मूल्यमान्यता, आन्दोलनका उपलब्धि, सहिदको रगतलाई अपमान गर्ने र समाजलाई निरंकुशतातिर लैजाने प्रयास भइरहेको बताए।
उनले प्रतिगमनविरुद्ध एकताबद्ध भएर जानुपर्ने आवश्यकता उनले औंल्याए। आवश्यक परे आन्दोलनमै जानुपर्ने उनको भनाइ थियो।











