Kathmandu Press

नेपाल–खनाल पक्षको निष्कर्ष– ओलीद्वारा चार नेतामाथिको कारबाही भर्त्सनायाेग्य

काठमाडौं, चैत २० : एमाले नेपाल-खनाल पक्षको स्थायी समिति बैठकले वरिष्ठ नेता माधव नेपालसहित चार नेताहरूमाथि गरेको कारबाही भर्त्सना गरेको छ।कलंकीस्थित मेगा पार्टी...
नेपाल–खनाल पक्षको निष्कर्ष– ओलीद्वारा चार नेतामाथिको कारबाही भर्त्सनायाेग्य

काठमाडौं, चैत २० : एमाले नेपाल-खनाल पक्षको स्थायी समिति बैठकले वरिष्ठ नेता माधव नेपालसहित चार नेताहरूमाथि गरेको कारबाही भर्त्सना गरेको छ।

कलंकीस्थित मेगा पार्टी प्यालेसमा शुक्रबार बसेको बैठकले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पछिल्लो समय चाल्दै आएको कमद स्वेच्छाचारी रहेकाे निष्कर्ष पनि निकालेको छ। 

ओलीले बिहीबार नेताहरु घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए । यसअघि उनले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यस्तै खालको कारबाही गरिसकेका छन्।

बाहिरिने क्रममा बैठकबारे संक्षिपत जानकारी दिँदै नेता रावलले ओलीले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताए। एमालेको नवौं महाधिवेशनले तय गरेको विधानविपरीत एकलौटी रुपमा ओलीले महाधिवेशन आयोजक समिति गठन गर्नेलगायत निर्णय अवैध भएको दाबी गरे।

ओलीको स्वेच्छाचारिताले कम्युनिष्ट आन्दोलनलई नै लज्जित बनाएको उनले बताए। ‘यो केपी शर्मा ओलीजीको अरुमाथि तानाशाही लाद्ने, निरंकुश, स्वेच्छाचारी चरित्रको द्योतक हो, हामीले यसको निन्दा गरेका छौं,’ उनले भने, ‘एमाले रक्षा गर्न हामीले जुन पाइला चालेका छौं, त्यसलाई अझ गतिशीलताका साथ अगाडि बढाउँछौं ।’

बैठक अझै चलिरहेको छ।

प्रकाशित मिति: १५:१७ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्