Kathmandu Press

नेपाल–खनाल पक्षकाे स्थायी समिति बैठक बस्दै

काठमाडौं, चैत २० : एमाले वरिष्ठ नेताद्वय माधव नेपाल–झलनाथ खनाल पक्षका स्थायी समिति बैठक सुरु भएको छ।कलंकीस्थित मेगा पार्टी प्यालेसमा भइरहेको बैठकमा वरिष्ठ...
नेपाल–खनाल पक्षकाे स्थायी समिति बैठक बस्दै

काठमाडौं, चैत २० : एमाले वरिष्ठ नेताद्वय माधव नेपाल-झलनाथ खनाल पक्षका स्थायी समिति बैठक सुरु भएको छ।

कलंकीस्थित मेगा पार्टी प्यालेसमा भइरहेको बैठकमा वरिष्ठ नेताद्वय नेपाल र खनालसहित नेताहरु सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्यलगायतको सहभागिता रहेको छ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले नेपालसहित चार जनालाई पार्टी सदस्यताबाट निलम्बन गरेपछि कसरी अगाडि बढ्ने भनी नयाँ रणनीति तय गर्ने विषयमा छलफल हुने बताइएको छ।

यही बैठकले नेपाल-खनाल पक्षले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत कार्ययोजना पनि बनाउने नेताहरुले बताएका छन्।

प्रकाशित मिति: १२:५७ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्